• खुम्बुको रमणीय ठाउँ - गोक्यो ताल

    गोक्यो ताल

  • नाम्चे बजारको एक झलक

    खुम्बु क्षेत्रको एक पर्यटकीय गाउँ नाम्चे बजार

  • खुम्बु मेडिया सेन्टर

    संचार र सस्कृतिको संगम

खुम्बु मेडिया सेन्टर

     खुम्बु क्षेत्र भनेर परिचित सोलुखुम्बु जिल्लाको उत्तरी भेगमा अवस्थीत खुम्जुङ, नाम्चे र चौंरीखर्क गा.वि.स. विशेष गरी शेर्पा समुदायको बाहुल्यता रहेको र आफनो छुट्टै मौलिक पहिचान भएको स्थान हो । यस क्षेत्रमा आयोजना गरिने विभिन्न धार्मिक, सामाजिक, संस्कृतिक, पर्यटन र वातावरण संरक्षण सम्बन्धी जानकारीहरू प्रशारण गरी स्थानीयहरुको सूचनाबाट सुसुचित हुने अधिकारको सुनिश्चिताको लागि स्थानीयस्तरमै खुम्बु मेडिया सेन्टरको स्थापना भएको छ ।  रेडियो कार्यक्रम प्रसारणलाई प्रभावकारी र गुणस्तरिय बनाउन खुम्बु मेडिया सेन्टरले सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स. १ स्थित स्याङबोचेमा खुम्बु एफ एम स्टेशन मार्फत आफ्ना कार्यक्रमहरु प्रसारण  गरेको छन् । समुन्द्र सतहबाट ३ हजार ७ सय ८० मिटरको उचाईमा स्थापित यस मेडिया सेन्टर बिश्वकै सर्बोच्च स्थानमा अवस्थित रेडियो कार्यक्रम उत्पादन गर्ने समूह भएको छ। 
    
 

खुम्बु कल्चर सेन्टर

      खुम्बु कल्चर सेन्टर मार्फत शेर्पा लोक गीत, नृत्य तथा बाद्यय–वादन सम्बन्धी बिभिन्न प्रशिक्षणहरु दिने कार्य शुरु गरेको छ । शेर्पा संगीत, नृत्य तथा बाद्यय–वादनको संरक्षण र सम्बद्र्धन गर्दै युवा पिढींलाई प्रशिक्षण दिई शेर्पा सँस्कृतिको संरक्षण गर्ने र समयको माग अनुसार यसको विकास पनि गर्दै जाने पवित्र भावना र अठोटका साथ खुम्बु बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडले खुम्बु कल्चर सेन्टरको स्थापना गरिएको छ । यस सेन्टरले निकट भविष्यमै शेर्पा संगीत, नृत्य र बाद्यय–वादनसंग सम्बन्धि दक्ष जनशक्तिको निर्माण गरी देश–विदेशमा समेत प्रदर्शन गर्न सक्ने कल्चरल समूहको निर्माण गर्ने योजना छ । पुराना गीतहरुलाई अझ सुमधुर बनाउने र नयाँ गीतहरु सृजना गरी खुम्बु एफएममार्फत प्रशारण गर्ने र त्यसको गुणस्तरीय श्रव्य–दृश्यहरु पनि उत्पादन गरिने योजना रहेको छ ।        

विनिमय दर

  Rupee Exchange Rate